घरबाट बाहिर निस्कनै पर्ने भएमा प्रहरीकाे सहयाेग लिनुहाेस-डि.एस.पि.चन्द

काेहलपुर, ११ चैत्र

इलाका प्रहरी कार्यालय, काेहलपुरका प्रमुख डि.एस.पि. कुलदिप चन्दले जनता कर्फ्युकाे समयमा अति आवश्यक काम परेर घरबाट बाहिर निस्कनै पर्ने भएमा प्रहरीकाे सहयाेग लिन आग्रह गरेका छन।
याे समयमा जनता अाफै सचेत भएर सरकारकाे अपिललाई हुवहु पालन गर्न पनि डि एस पि चन्दले अनुराेध गरे। काेहलपुर प्रहरीले कसैलाई पनि घरबाट बाहिर निस्कन नदिने बताउदै डि एस पि चन्दले याे कार्यमा सबैले सहयाेग गर्नुपर्ने बताए। कर्फ्यु अाफैमा कष्टकर भए पनि अहिलेकाे परिस्थितिमा काेराेना भाइरसकाे जाेखिम कम गर्न अति जरुरी रहेकाे उनकाे भनाई थियाे। इमरजेन्सी सवारीसाधान बाहेक कुनैपनि किसिमको सवारी साधान जनता कफ्यु काे समयमा चलाउन नपाइने डि एस पि चन्दले बताए
काेराेना भाइरसकाे जाेखिम बढेकाे जिल्ला प्रशासन कार्यालय बाँकेले सोमवार १२ बजे रातीदेखी जनता कर्फ्यु लगाउने निर्णय गरेसगै काेहीपनि अाफुखुसी घरबाट बाहिर निस्कन नपाइने भएकाे हाे। भएको छ । लकडाउनलाई अवेज्ञा गर्दै स्थानियहरु बाहिर निस्कीएपछि प्रशासनले जनता कर्फ्यु लगाउने निर्णय गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जनता कर्फ्युको समयमा बाहिर हिड्ने जोकोहीलाई प्रहरीले बल प्रयोग गर्न सक्ने भएकाले सबैलाई घरभित्रै सुरक्षित बस्न आग्रह गरे ।
सोमवार बसेको सुरक्षा निकायको छलफलले अत्यावश्यक सवारी साधान बाहेकका कुनैपनि सवारीसधान, पसल र हिड्डुल गर्न नपाउने गरि जनता कफ्यु लागु गर्ने निर्णय गरेकाे हाे ।
जिल्ला प्रशासन कार्यलाय बाँकेले साेमबार एक सुचना जारी गर्दै अर्को आदेश जारी नभएसम्म बाँके जिल्लाभर जनता कर्फ्यु लागु हुने जनाएकाे छ ।


ताजा समाचार