एन.प्याब्सन बाँकेकाे अध्यक्षमा कुँवर, सचिवमा डाँगी

नेशनल प्याब्सन बाँकेको अध्यक्षमा पुनः श्याम कुँवर निर्वाचित भएका छन् ।

काेहलपुरमा भएकाे नेशनल प्याब्सन बाँकेको आठौ जिल्ला अधिवेशनबाट कुँवर दाेस्राे कार्यकालकाे लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

जिल्ला अधिवेशनबाट प्रथम उपाध्यक्षमा किशोर राज मल्ल, द्धितीय उपाध्यक्षमा चिरञ्जीवी चन्द, सचिवमा शिव प्रसाद डाँगी, सह -सचिवमा झलक वली, कोषाध्यक्षमा गोविन्द रावत, सह -कोषाध्यक्ष लोकराज डाँगी चयन भएकाे जिल्ला सचिव शिव डाँगीले जानकारी दिए ।

यसैगरी समितिका अन्य सदस्यहरसमा सदस्यहरुमा अखिलेष गुप्ता, धन बहादुर वली, रतन बहादुर चलाउने, अनुप शाही, विष्णु प्रसाद केसी, कुल बहादुर खड्का, धन बहादुर खड्का, प्रशान्त रिजाल रहेका छन ।

सम्बन्धित समाचार