काेहलपुरमा मेयरकपकाे तयारी अन्तिम चरणमा

यही फाल्गुन २ गतेदेखि ५ गतेसम्म हुन लागेकाे काेहलपुर नगरपालिका स्तरिय तेस्राे मेयर कप रनिङ्ग शिल्ड प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे अायाेजकले जनाएका छन।


काेहलपुर-१, काैशिलानगरमा रहेकाे कृष्ण माध्यमिक बिद्यालयकाे खेल मैदानमा हुनलागेकाे तेस्राे मेयरकप रनिङ्ग शिल्ड प्रतियाेगितामा सामुदायीक ११ तथा संस्थागत २२ गरि जम्मा ३३ बटा बिद्यालयका जम्मा ६५८ जना खेलाडीले प्रतियाेगितामा भाग लिएकाे रनिङ्ग शिल्ड संचालन तथा ब्यवस्थापन समितिका सदस्य सचिव एवं कृष्ण माध्यमिक बिद्यालयका प्र अ बिरेन्द्र कुमार मल्लले बिद्ययालयका खेल शिक्षक  तथा पत्ररकार संगकाे छलफल कार्यक्रममा जानकारी दिए ।

काेहलपुरमा ११ वटा  सामुदायिक  तथा २३ वटा संस्थागत गरि जम्मा ३४ वटा माध्यमिक बिद्यालय रहेका छन।
जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवकाे प्रमुख अातिथ्यमा प्रतियाेगिता हुन लागेकाे काेहलपुर नगरपालिकाका प्रमुख तथा प्रतियोगिताका मूल अायाेजक समितिका संयाेजक लूट बहादुर रावतले जानकारी दिए।मेयर रावतले खेलकुद पनि शिक्षाकाे महत्त्वपूर्ण पाटाे रहेकाे भन्दै खेलकुदमा इमान्दारितालाई नभुल्न अाग्रह गरे ।मेयर रावतले शिल्ड जित्ने निहुमा नक्कली खेलाडीलाई नखेलाउन बिद्यालयहरुलाई अाग्रह गरे ।छलफल कार्यक्रम मेयरकप रनिङ्ग शिल्ङ संंचालन तथा व्यवस्थापन समितिका संयाेेजक नारायणी वली अध्यक्ष्ातामा  भएकाे थियो ।


ताजा समाचार