मेयरकपकाे उद्घाटनमा काेहलपुरका सम्पुर्ण बिद्यालय उपस्थित हुने।

काेहलपुर, फागुन-१,


भाेली फागुन २ गते काेहलपुर नगर भित्रका सम्पुर्ण सामुदायीक तथा संस्थागत बिद्यालयका निमाबि तथा माबि तहका बिद्यार्थी सहित सम्पुर्ण शिक्षक कर्मचारीलाई तेस्राे अन्तर मा.बि.मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियाेगिताकाे उद्घाटन समाहराेहमा उपस्थित हुन काेहलपुर ,नगर शिक्षा युवा तथा खेलकुद शाखाले निर्देशन दिएकाे छ।


फागुन २ गते जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवकाे प्रमुख अातिथ्यतामा हुने प्रतियाेगिता काेहलपुर १ काैशिलानगर स्थित श्री कृष्ण मा बि काे खेलमैदानमा हुन लागेकाे छ। बिहान ११ बजे उद्घाटन हुने खेलकुद प्रतियाेगितामा बिद्यालयकाे ब्यानरसहित बिद्यालयकाे पाेषाकमा अनिवार्य उपस्थित हुन सम्पुर्ण शिक्षक कर्मचारीलाई नगर शिक्षाले निर्देशन दिएकाे हाे।
प्रतियाेगितामा भलिवल, कबड्डी, विभिन्न दाैड लगाएत १५ वटा खेलहरु समावेश गरिएकाे प्रचार प्रसार तथा संचार उपसमितिका संयाेजक शिव प्रसाद डाँगीले जानकारी दिए।

सम्बन्धित समाचार