अत्यधिक गर्मी बढेपछि काेहलपुरका विद्यालयमा भाेली शुक्रबार बिदा दिने निर्णय

काेहलपुर, काेहलपुर नगरपालिकाले अत्याधिक गर्मी बढेपछि भाेली असार १२ गते शुक्रबारका दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख रविलाल मिजारले अत्याधिक गर्मीका कारण असार १२ गते शुक्रबार विद्यालय बन्द गर्नुपरेको जानकारी दिएका छन् ।

शिक्षा शाखा प्रमुख मिजारले भाेली शुक्रबार सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा दिइएको जानकारी दिए ।
बाँकेमा क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियसको आसपास पुगेको बताइएको छ ।


ताजा समाचार