यात्रुहरूलाई दुःख दिने १८ जना नेपालगन्जबाट पक्राउ
काेहलपुर, जिल्ला प्रहरी कार्यालय बाँकेले यात्रुहरूलाई दुःख–हैरानी दिने कार्यमा संलग्न १८ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत बसपार्क, धम्बोजी, पुष्पलाल चोक लगायतका स्थानबाट यात्रुहरूलाई तानातान गर्ने, अनावश्यक दबाब दिने तथा हैरानी दिने गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।




