बाँकेका ७ जना पत्रकार ‘गोरखा रजत सम्मान-२०८२’बाट सम्मानित

कोहलपुर (बाँके)।
बाँकेमा क्रियाशील सात जना पत्रकार ‘गोरखा रजत सम्मान–२०८२’बाट सम्मानित भएका छन्।
कोहलपुर नगरपालिका–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलले आफ्नो रजत जयन्तीको अवसरमा मंगलबार आयोजित विशेष समारोहमा विद्यालयको शैक्षिक, सामाजिक तथा रचनात्मक गतिविधिलाई जिम्मेवार र सकारात्मक रूपमा उजागर गरेको योगदानको कदर गर्दै पत्रकारहरूलाई सम्मान गरेको हो।
सम्मानित हुनेमा दैनिक नेपालगञ्जका प्रधान सम्पादक झलक गैरे, अन्नपूर्ण पोस्टका उप–सम्पादक शंकर खनाल, कालपृष्ठ दैनिकका सम्पादक कमल खत्री, बुलेट न्युज अनलाइनका कार्यकारी प्रमुख प्रमोद रिजाल, काँचुली खबर अनलाइनका प्रकाशक संगिन शर्मा, मिसन टुडे दैनिकका प्रकाशक विनोद पौडेल र कोहलपुर ग्यालरी अनलाइनका विकल भट्टराई रहेका छन्।
विद्यालयका संस्थापक सञ्चालक अध्यक्ष केशर बहादुर आले मगरले शिक्षा क्षेत्रको विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए।


ताजा समाचार