अनेरास्ववियु बाँकेले कोहलपुरमा खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै

काेहलपुर,
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाँकेले जिल्ला स्तरीय खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ।
अनेरास्ववियु जिल्ला कमिटी बाँकेको आयोजनामा हुने प्रतियोगिता यही माघ २९ गते सञ्चालन हुने छ। प्रतियोगितामा २५ वर्षमुनिका युवा विद्यार्थीहरूको सहभागिता रहने अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विकले मंगलबार अर पत्रकार भेटघाट कार्यक्रममा मार्फत जानकारी दिए।
आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य राष्ट्रियता र लोकतन्त्रबीचको अन्तरसम्बन्धबारे युवामाझ वैचारिक बहस सिर्जना गर्नु हो। कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा बाँके क्षेत्र न. १ उम्मेदवार सूर्य ढकाल प्रमुख अतिथि रहने प्रतियोगितामा उत्कृष्ट हुने सहभागीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ६ हजार, तेस्रोले ५ हजार, चौथोले ४ हजार, पाँचौंले ३ हजार, छैटौंले २ हजार र सातौंले १ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन्।
अनेरास्ववियु बाँकेले लोकतान्त्रिक मूल्य, राष्ट्रियता र विद्यार्थी आन्दोलनको भूमिकाबारे विमर्शलाई बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।


ताजा समाचार