चिसो कम नभएपछि काेहलपुरका विद्यालयहरूमा दुई दिन विदा थप

कोहलपुर ।
अत्यधिक चिसोका कारण मौसम प्रतिकूल बन्दै गएपछि कोहलपुर नगरपालिकाले विद्यालय विदा थप गरेको छ। यसअघि चिसो बढेकै कारण मिति २०८२ पौष ९ र ११ गते विद्यालयको पठनपाठन स्थगित गरिएको थियो।
चिसो अझै कम नभएपछि कोहलपुर नगर शिक्षा शाखाले पुनः सूचना जारी गर्दै पौष १३ र १४ गते समेत नगरभित्रका सबै विद्यालयमा पठनपाठन बन्द रहने जनाएको छ। विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै विदा थप गरिएको शिक्षा शाखाले स्पष्ट पारेको छ।
शिक्षा शाखाका अनुसार मौसममा सुधार आएपछि पौष १६ गतेदेखि नियमित पठनपाठन सुचारु हुने छ।


ताजा समाचार