अत्यधिक चिसोका कारण काेहलपुरका विद्यालयको पठनपाठन दुई दिन स्थगित गर्ने निर्णय
कोहलपुर ।
कोहलपुर नगरपालिकाको नगर शिक्षा शाखाले अत्यधिक चिसो बढेका कारण दुई दिन विद्यालयको पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ।
काेहलपुर नगर शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार मिति २०८२ पौष ०९ गते र ११ गते नगरभित्रका सबै विद्यालयमा पठनपाठन स्थगित रहनेछ। चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै उक्त निर्णय लिइएको जनाइएको छ।
नगर शिक्षा शाखा प्रमुख रविलाल मिजारले मौसममा सुधार आएमा आइतबारदेखि नियमित रूपमा पठनपाठन सुचारु हुने जानकारी दिएका छन्।




