काेहलपुर जेसीजकाे आयाेजनामा नेराआवि चटारमा दन्त परीक्षण

 

कोहलपुर । जेसीज सप्ताह–२०२५ काे अवसर पारेर काेहलपुरमा दन्त परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। कोहलपुर जेसीजकाे आयाेजनामा नेराआवि चटारमा ७० बढि बालबालिकाकाे दन्त परिक्षण गरिएकाे कार्यक्रम संयोजक सुमित्रा बरालले जानकारी दिनुभयाे । कार्यक्रममा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको दन्त परीक्षण गरिएको थियाे।

कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका–१० का वडा अध्यक्ष गौरा भट्टराई तथा विशिष्ट अतिथि सोही विद्यालयका प्रधानाध्यापक पुरन चौधरी रहेका थिए। दन्त विशेषज्ञ डा. प्रतिभा शाही र डा. ईश्वरी सुवेदीको टोलीले बालबालिकाको परीक्षण गरेको थियो।

दन्त परीक्षणका क्रममा प्रायः बालबालिकामा विभिन्न प्रकारका दाँत समस्या भेटिएको कार्यक्रम संयोजक सुमित्रा बरालले जानकारी दिनुभयो। दातमा गभ्भीर समस्या भएका विद्यार्थीको दाँत निकालिएको र अन्य समस्या देखिएका विद्यार्थीहरूको अभिभावकका लागि घरमै रिपोर्ट पठाइएकाे बताइएकाे संयाेजक बरालले जानकारी दिनुभयो ।

कार्यक्रममा प्राविधिक सहयोग ओम भेरी डेन्टल क्लिनिक, कोहलपुरले गरेको थियो। साथै, ७० जना बालबालिकालाई एक–एक मञ्जन र ब्रस वितरण गर्दै सही दन्त सफाईका बारेमा प्रशिक्षण पनि प्रदान गरिएको संयोजक बरालले बताउनुभयो।

दन्त स्वास्थ्यप्रतिको बालबालिकाको जागरुकता बढाउन तथा विद्यालयस्तरमै स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न यो कार्यक्रम प्रभावकारी भएको आयोजकको भनाइ छ।


ताजा समाचार