समावेशी शिक्षाका अभ्यासबारे ज्ञान ज्योति मा.वि. बगियामामा अन्तरक्रिया
बिनाेद भट्टराई

कोहलपुर (बाँके) ।
समावेशी शिक्षाको अभ्यास, अवसर र चुनौतीबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । सम नेपालकाे आयाेजनामा ज्ञानज्योति माध्यमिक विद्यालय बगियामा ,काेहलपुरकाे समन्वयमा कार्यक्रम भएको हाे। कार्यक्रममा मन्तब राख्दै काेहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद वि.क.ले कोहलपुर नगरपालिका अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै सम नेपालसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो।
सम नेपालका अध्यक्ष सुरेश काफ्लेले अन्तरक्रियामा उठेका विषयवस्तुहरूमा स्पष्ट पार्दै समावेशी शिक्षा प्रभावकारी बनाउन नीति र व्यवहार दुवै तहमा सुधार आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा धारणा राख्दै ज्ञानज्योति माध्यमिक विद्यालय बगियाका प्रधानाध्यापक गोविन्द प्रसाद ढकालले अपाङ्गता भएका बालबालिकाप्रति सबै सरोकारवालाको चासो हुन जरुरी रहेको उल्लेख गर्दै उनीहरूलाई माया, अवसर र समान व्यवहार दिनुपर्नेमा जोड दिनुभयो।

अन्तरक्रियामा कोहलपुर नगर शिक्षा शाखा प्रमुख रविलाल मिजार, सूर्यविनायक स्कुल सल्लाघारी ललितपुरकी प्रधानाध्यापक बिना पाण्डे, संरक्षक समाज बाँकेका अध्यक्ष सुनित कोइराला, सरस्वती माध्यमिक विद्यालय बैजनाथ–३ का प्रधानाध्यापक नगेन्द्र प्रसाद सुवेदी, वाल्मीकि माध्यमिक विद्यालय नवलपरासीका शिक्षक तारा विक तथा कृष्ण आधारभूत विद्यालय सिन्धुपाल्चोककी शिक्षिका शुशिला श्रेष्ठलगायतले समावेशी शिक्षासम्बन्धी अनुभव र सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रमले समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, विद्यालय र सरोकारवाला संस्थाबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।




