कोहलपुर जेसीजद्वारा ज्ञान ज्योति मा.वि. बगियामा किशोरी आत्मरक्षा तालिम
कोहलपुर ।
कोहलपुर जेसीजको आयोजनामा ज्ञान ज्योति माध्यमिक विद्यालय, बगिया,कोहलपुरमा किशोरी आत्मरक्षा तालिम सम्पन्न भएको छ। जेसीज सप्ताह 2025 अन्तर्गत पाँचौँ कार्यक्रमका रूपमा आयोजना गरिएको सो तालिममा कक्षा ७ देखि १० सम्मका छात्राहरू सहभागी भएको कोहलपुर जेसीजका अध्यक्ष दिपेन्द्र बहादुर कठायतले जानकारी दिए।
तालिममा प्रशिक्षक बुद्धि बहादुर थापा र रमेश विक लगायतले आत्मरक्षा सम्बन्धी व्यावहारिक सीप र सावधानीका उपायहरू प्रदान गरेका थिए।
काेहलपुर जेसीजका अध्यक्ष दिपेन्द्र बहादुर कठायतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद ढकाल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा कोहलपुर जेसीजका महासचिव सरोजबाबु पंगेनीले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुमित्रा बरालले प्रस्तुत गरेकी थिइन्।




