नेकपा एमाले कोहलपुर वडा न .१० काे वडा भेला सम्पन्न

 

नेकपा एमाले कोहलपुर नगरपालिका–१० काे वडा भेला शनिवार सम्पन्न भएको छ।

वडा भेलामा प्रमुख अतिथि देवराज भारले संसद पुनःस्थापनाको विकल्प नभएको बताउँदै जेनजी आन्दोलनमा भएको घुटपैठप्रति चिन्ता व्यक्त गरे। उनले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिए। उनले भने, “जेनजीसहितको सहभागितामा राष्ट्रिय सरकार निर्माण गर्नु नै अहिलेको राष्ट्रिय निकास हुनेछ।”

एमाले नेता तथा काेहलपुर नगरपालिकाका पूर्व नगरप्रमुख लुटबहादुर रावतले एमाले कार्यकर्ता जनमुखी बन्नुपर्नेमा जोड दिए। “एमालेका सबै नेताहरूले जनताको सुख–दुःखमा साथ दिनुपर्छ,” उनले भने।

एमाले बाँकेका सचिवालय सदस्य तथा वडा न. १० का इञ्चार्ज सूर्य रोकायाले एमालेले मात्र देशलाई सही गन्तव्यमा लैजाने दाबी गरे। “अब नेताहरूले जनअपेक्षा अनुसार काम गर्नुपर्छ,” उनले भने।
भेलामा जिल्ला कमिटी सदस्य विमि देवी पन्थी, जिल्ला कमिटी सदस्य राजु तामाङ ,नगर कमिटी सदस्य नन्दलाल पाैडेल लगायतको उपस्थिति रहेको थियो। वडा कमिटी अध्यक्ष मकर राेकायाकाे अध्यक्षतामा भेला भएकाे भेलामा वडाका एमाले नेता कार्यकर्ताकाे सहभागीता रहेकाे थियाे।


ताजा समाचार