कोहलपुर नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

 

कोहलपुर — कोहलपुर नगरपालिकाको शैक्षिक क्यालेण्डर–२०८२ अनुसार नगरपालिका आयोजना तथा बागेश्वरी एकेडेमी, कोहलपुर–१० चटारको समन्वयमा शुक्रबार सम्पन्न माध्यमिक तह (मा.वि.) नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा श्री लक्ष्मी माध्यमिक विद्यालय, कोहलपुर–२ की आशिका केसी पहिलो स्थान हासिल गर्दै विजयी भएकी छन्।
त्यसैगरी श्री गोरखा युनाइटेड पब्लिक स्कुल, कोहलपुरकी निलम खड्का द्वितीय स्थान र श्री बागेश्वरी एकेडेमी, कोहलपुर–१० चटारका बसन्त बुढा तृतीय स्थान प्राप्त गरेका छन्।
सान्त्वना पुरस्कार जीवनज्योति मा.वि., कोहलपुर–१० की सनिया खान ले प्राप्त गरेकी छन्।

कार्यक्रम बागेश्वरी एकेडेमीका प्रिन्सिपल श्रीधर गोराथोकीको अध्यक्षता तथा कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका पूर्वअध्यक्ष चिन्तामणि धिताल, शिक्षा शाखाका वरिष्ठ अधिकृत रविलाल मिजार, नेपाल शिक्षक महासंघका अध्यक्ष निमप्रकाश थापा, क्रिसा कोहलपुरका अध्यक्ष बेगप्रकाश चन्दलगायतको उपस्थिति रहेको थियो।

निर्णयक मण्डलमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका उपप्राध्यापक इश्वरीप्रसाद रिजाल, बर्दिया बहुमुखी क्याम्पसका नेपाली विषय प्रमुख हरि सुवेदी, तथा ज्ञान बहुमुखी क्याम्पस कोहलपुरकी बिमला खत्री रहने गरेका थिए।

प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी २६ वटा विद्यालयको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।


ताजा समाचार