आजदेखि पुर्णिामा मेला शुरु , बाँकेका विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा

 

बाँके — कार्तिक पूर्णिमा तथा गुरु नानक जयन्तीका अवसरमा जिल्लाका विभिन्न स्थानीय तहले आज (बुधबार) सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।
जानकी गाउँपालिकाले स्थानीय बिदा दिएको दिएको छ भने डुडुवा र नरैनापुर गाउँपालिकाले पनि आजै सार्वजनिक बिदा दिएका छन्। गुरु नानक जयन्ती तथा कार्तिक पूर्णिमाको सांस्कृतिक तथा धार्मिक महत्व मनाउने उद्देश्यले बिदा व्यवस्था गरिएको हो।

यसैबीच, कार्तिक पूर्णिमाका अवसरमा बाँकेका गुरुवा गाउँ र जोगागाउँ क्षेत्रमा बुधबारदेखि तीन दिनसम्म विशेष मेला सुरु हुदै छ। मेलाका कारण विद्यार्थीको विद्यालय उपस्थितिमा समेत प्रभाव पर्ने गरेको छ। श्री माध्यमिक विद्यालय बन्जारेगाउँका प्रधानाध्यापक आदित्य बर्माका अनुसार मेलाका दिन विद्यार्थीको संख्या अत्यन्तै न्यून हुने गर्दछ।

नरैनापुर गाउँपालिकाले पनि कार्तिक पूर्णिमा मेला तथा गुरु नानक जयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिएको जनाएको छ। नरैनापुर–६ गंगापुरमा आजदेखि ऐतिहासिक तथा परम्परागत मेला सुरु हुँदैछ। स्थानीयवासी, नजिकका बस्तीका श्रद्धालु तथा मेलाप्रेमीहरूलाई मेलामा सहभागी हुने गरेका छन ।

फाइल फाेटाे

ताजा समाचार