आज सूर्यग्रण,नेपालमा सुतक नलाग्ने

काेहलपुर । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने स्पष्ट पारेको छ।

आश्विन कृष्ण औँसीका दिन आइतबार लाग्ने सूर्यग्रहणबारे धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले सोह्र श्राद्ध गर्ने कि नगर्ने, सुतक कहिले लाग्छ ? भन्ने प्रश्न उठाइरहेका बेला समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले नेपालमा यस ग्रहणको प्रभाव नपर्ने जानकारी दिए।

उनका अनुसार नेपाली आकाशमा नदेखिने ग्रहणलाई बार्नै नपर्ने शास्त्रीय वचन छ। यस पटकको सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा र अन्टार्टिकालगायत मुलुकबाट मात्र देखिने जनाइएको छ।

 


ताजा समाचार