शिक्षा मन्त्रीका लागि महावीर पुनको नाम चर्चामा
काेहलपुर, ५ असोज ।

वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुन अन्तरिम सरकारको शिक्षा मन्त्री बन्ने चर्चामा आएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले पुनलाई मन्त्रिपरिषद्मा समावेश गर्ने प्रस्ताव राखेको स्रोतले जनाएको छ।
राष्ट्रिय आविष्कार केन्द्रका प्रमुखसमेत रहेका पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको बताइएको छ।
२७ भदौमा प्रधानमन्त्री बनेकी कार्कीले अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन नसके पनि महावीर पुनको सम्भावित प्रवेशकाे चर्चापछि नयाँ सरकारप्रति जनचासो बढाएको छ।



