जेनजी आन्दोलनपछि बन्द बाँकेका विद्यालय आइतबारदेखि सञ्चालन हुने
काेहलपुर,बाँके। जेन जी आन्दोलनपछि बन्द भएकमा बाँकेमा विद्यालयहरु आइतबारदेखि
सञ्चालन आउने भएका छन।
काेहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख राम बहादुर हमालका अनुसार काेहलपुर नगरभित्र आइतबारदेखि विद्यालय सञ्चालन हुनेछन्।
बाँकेमा निजी विद्यालयहरूले पनि भाेली आइतबारदेखि पूर्णरूपमा विद्यालय खोल्ने र पठनपाठन थाल्ने भएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाँकेका अध्यक्ष बिकास ब्रजाचार्यले परिस्थिति सहज बन्दै गएकाले आइतबार देखि विद्यालय पूर्ण रुपमा सञ्चालन हुने जानकारी दिए।
भदौ २४ गते जेनजीको प्रदर्शन हिंसात्मक बनेपछि विद्यालय पठनपाठन बन्द भएका थिए।



