लुटपाट र आगजनी नराेकिएपछि नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालन

 

२४ भदौ, काेहलपुर । जेनजीले आन्दोलन फिर्ता लिएपछि पनि लुटपात र आगजनी नराेकिएपछि नेपाली सेनाले कडा चेतावनी जारी गरेको छ ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्तिमा लुटपाट, आगजनी तथा सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने गतिविधि तत्काल रोक्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहहरूले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा अत्यधिक क्षति पुर्‍याइरहेका छन् ।”
सेनाले आज राति १० बजेदेखि सेनासहित सम्पूर्ण सुरक्षा संयन्त्र परिचालित हुने जनाएको छ । साथै, उक्त परिस्थितिलाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलाई सहयोग गर्न अपिल गरिएको छ ।
सुरक्षा स्थिति अनुसार पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिने पनि सेनाले जनाएको छ ।

 


ताजा समाचार