अनेरास्ववियु अध्यक्ष सुजन कडरिया पदबाट राजीनामा
काठमाडौं — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन्।
उनीले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाको घोषणा गरेका हुन्। कडरियाले सरकार जेनजीहरूको प्रदर्शनलाई दबाउने प्रयासमा लागेको आरोप लगाउँदै विरोध जनाएका छन्। 
राजीनामापछि उनले ‘हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन’ भएको टिप्पणी पनि गरेका छन्।
यस विषयमा कडरियाले थप प्रतिक्रिया सार्वजनिक गर्ने अपेक्षा गरिएको ।




