जेनजी आन्दोलनको प्रभाव : बाँकेका निजी विद्यालय भोलि बन्द रहने
काेहलपुर । बाँकेका सम्पूर्ण निजी विद्यालय भोलि (भदौ २४ गते) बन्द रहने भएका छन्। निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सन बाँकेले जेनजी आन्दोलन र पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले आन्दोलनले सिर्जना गरेको अवस्थालाई ध्यानमा राख्दै विद्यालयलाई सुरक्षित राख्न भोलि विदा दिने निर्णय गरिएको जानकारी दिए।
उनका अनुसार, विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकता दिँदै बाँके जिल्लाभरका प्याब्सनमा आबद्ध विद्यालयहरू भोलि बन्द रहने प्यब्सन बाँकेले जनाएको छ।




