सूचीकरणको अन्तिम दिन, सम्पर्कमा आएनन सामाजिक सञ्जाल

काठमाडौँ – नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाल सूचीकरणको आज अन्तिम दिन हो । तर साझ ५ बजेसम्म कुनै पनि कम्पनीले सम्पर्क नगरेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आज राति १२ बजेसम्म इमेलमार्फत सम्पर्क गरे कारबाही प्रक्रिया अघि बढाइँदैन । तर सम्पर्कै नगरेमा सरकारले बन्द गर्ने निर्णय कार्यान्वयनमा जानेछ।
सरकारले यसअघि टिकटकलाई प्रतिबन्ध लगाएको थियो भने सूचीकरणमा आएपछि पुनः सञ्चालनमा आएको हो। टेलिग्राम भने हालै निष्क्रिय गरिएको छ। अहिले फेसबुक, इन्स्टाग्राम र ‘एक्स’ (ट्विटर) सूचीकरणमा आउँछन् वा आउँदैनन् भन्ने विषयमा व्यापक चासो छ।
यसैबीच, मेटा कम्पनीले सरकारसँग सम्पर्क नगरे पनि नेपालमा कन्टेन्ट मनिटाइजेसन सेवा औपचारिक रूपमा सुरू गरेको छ। विज्ञहरूका अनुसार, प्रयोगकर्तालाई पैसा कमाउने सुविधा दिएर कम्पनीले सरकारप्रति दबाब सिर्जना गरेको देखिन्छ।

 


ताजा समाचार