ज्ञानज्याेति बगियाका विद्यार्थीलाई विपत व्यवस्थापन प्रशिक्षण

 

काेहलपुर, भदौ १६ – काेहलपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालय बगियाका विद्यार्थीलाई विपत व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको छ।

कार्यक्रममा काेहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जाेखिम र विपतकाे वारेमा प्रशिक्षण दिनुभएको थियाे। नगर प्रहरी प्रमुख थापाले नगर स्तरीय र वडा स्तरीय विपत व्यवस्थापन समिति र यसले गर्ने कामकाे विषयमा जानकारी दिनुभयो । थापाले विपत भन्दा अगाडि अपनाउनु पर्ने पुर्व तयारी र विपतकाे समयमा गर्नुपर्ने कामकाे विषयमा प्राेजेक्टर मार्फत प्रशिक्षण दिनुभयकाे थियाे। उहाँले विपतका बेला पूर्वतयारी र सजगता अपरिहार्य रहेकोमा जोड दिनुभयो।
नगर प्रहरी दुर्गा थापा र सम्झना आलेमगरको समेत उपस्थितिमा भएको तालिममार्फत विद्यार्थीलाई विपतका बेला नगर प्रहरीले गर्ने कार्य, स्थानीय विपत व्यवस्थापन समितिको संरचना र जिम्मेवारीबारे जानकारी दिइएको थियो।
विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद ढकालले विपत व्यवस्थापन केवल सरकारी निकाय वा सुरक्षाकर्मीको मात्र नभई प्रत्येक नागरिकको पनि समान कर्तव्य रहेको बताउनुभयो। त्यस्तै, विद्यालयका शिक्षक विनोद भट्टराईले कक्षा ८ को स्थानीय विषयमा विपत व्यवस्थापन समावेश भएकाले आयोजना गरिएको तालिमले विद्यार्थीमा व्यवहारिक ज्ञान थपिने र समुदायमै सचेतना फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

ताजा समाचार