विद्यालय शिक्षा विधेयकविरुद्ध कोहलपुरमा निजी विद्यालयको बस र्‍याली

कोहलपुर, बाँके — विद्यालय शिक्षा विधेयकका केही प्रावधानलाई आपत्ति जनाउँदै निजी विद्यालय सञ्चालकहरूले सोमबार कोहलपुरमा बससहित विरोध र्‍याली निकालेका छन्।
प्याब्सन कोहलपुरको आयोजनामा विद्युत चोकदेखि सुरु भएको र्‍याली हवल्दारपुर हुँदै कोहलपुर चौराहासम्म पुगेको थियो। र्‍यालीमा विद्यालय बस र सञ्चालकहरूको सहभागिता थियो।

सञ्चालकहरूले संसदमा पेस भएको विद्यालय शिक्षा विधेयकमा उल्लेखित ‘पूर्ण छात्रवृत्ति’ र ‘गैरनाफामूलक बनाउने’ जस्ता प्रावधान निजी विद्यालयको हितविपरीत रहेको भन्दै आपत्ति जनाए। उनीहरूले सो प्रावधान हटाउन माग गर्दै सरकारलाई चाँडो सच्याउन चेतावनी दिएका छन्।
याब्सनका पदाधिकारीहरूले विधेयक यथावत् रहे निजी विद्यालयहरूको अस्तित्व संकटमा पर्ने भएकाले आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने बताए।

 


ताजा समाचार