काेहलपुरमा जुम्ली स्याउ आएपछि भारतीय स्याउ विस्थापित
बिनाेद भट्टराई
काेहलपुर : बाँकेकाे काेहलपुर नेपालगन्ज बजारमा जुम्लाबाट ल्याइएका स्याउ बिक्री भइरहेको छ । हरेक फलफूल पसलमा अहिले जुम्ली स्याउ मात्र देख्न पाइन्छ । काेहलपुर नेपालगन्ज बजारमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ ।
स्याउका थाेक विक्रेता के.पी. अधिकारीले वडाले सिफारिस दिएर मात्रै आफुले स्याउ टिपेकाे बताउछन् । व्यापारी अधिकारीले भने,”मैले काेहलपुर बजारमा सस्तो र गुणस्तरीय स्याउ बेचेकाे छु।” जुम्ली स्याउ करिब १५-२० दिन अघि काेहलपुर बजार भित्रिएका हुन । १५/२० दिन अघि काेहलपुर बजारमा जुम्ली स्याउ आउँदा प्रतिकिलो २०० रुपियाँसम्म बिक्री भएको फलफूल व्यापारीले बताउछन ।भारत र चीनको स्याउ विक्री हुँदै आएको काेहलपुरमामा अहिले भने भारतीय स्याउ आउन छाडेको छ । बजारमा फाट्टफुट्ट चाइनिज स्याउ देखिए पनि अधिकांश फलफूल पसलमा जुम्ली स्याउ मात्र देख्न पाइन्छ ।

खासगरी कर्णाली भेगको जुम्ला, मुगु, कालिकोटमा स्याउ पाक्ने सिजन असोजमा हो। तर, साउन अन्तिमबाटै काेहलपुरका चोक/चोकमा काँचो स्याउहरू पाइन थालेका छन्।जुम्लाबाट गाडीमा ढुवानी गरेर कोहलपुर, नेपालगञ्ज र काठमाडौंसम्म पुग्ने स्याउकाे काेहलपुर बजारमा थाेक मूल्य प्रतिकिलाे १२०/- रुपैयाँ छ।‘ बारीमा ८०/९० रुपैयाँ किलो बिक्री हुन्छ। यहाँसम्म ल्याउन किलोको १५/२० रुपैयाँ भाडा लाग्छ। एक सय विस रुपैयाँमा बेच्न पनि समस्या छ,’ जुम्लाका कृषक के पी अधिकारीले भने, ‘किसानलाई पैसाको आवश्यकता र पछाडि भाउ कम हुने कारणले स्याउ छिटो टिप्ने गरेका छौँ।’कर्णालीको पहिचान बनाएको जुम्ली स्याउ कृषकलाई उत्पादन सम्बन्धी उचित तालिममा सरोकारवालाको ध्यान नजानु, समय नपुग्दै स्याउ टिप्नु र ग्रेडिङ नगर्नाले जुम्ली स्याउको अस्तित्व घट्दै गएको उनको भनाइ छ।जुम्लामा रोयल, रेड, गोल्डेन डेलिसियस, फुज्जी जात लगायतका स्याउ उत्पादन हुने गर्छन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लामा ३ हजार ९ सय हेक्टरमा स्याउ रोपिएको छ।




