इ.प्र.का. काेहलपुरमा परिचयपत्र बनाउन बिहानदेखि लाइन, सेवाग्राहीलाई सास्ती
बिनाेद भट्टराई
काेहलपुर – इलाका प्रशासन कार्यालय काेहलपुरमा राष्ट्रिय परिचयपत्र बनाउन अत्यधिक भीड हुदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । गृह मन्त्रालयले सहज र सरल रूपमा परिचयपत्रको व्यवस्थापन गर्न भने पनि सेवाग्राहीको भिड अत्यधिक भएपछि काेहलपुर क्षेत्रमा सेवाग्राहीले सास्ती पाएका हुन् । इलाका प्रशासन कार्यालय काेहलपुरले नागरिकलाई सास्ती नहोस् भनेर टोकन प्रणाली लागू गरेपनि सर्वसाधारणले परिचयपत्रका लागि पालो नै नपाएको गुनासो गरेका छन् ।

टोकन नपाएपछि दुई तीन दिनसम्म धाउनु
परेको वताउछन काेहलपुर काैशिलानगरका सन्दिप परियार । इलाका प्रशासन कार्यालयले दैनिक बिहान १० बजे टोकन वितरण गर्ने गरेको छ । तर, टोकनका लागि सेवाग्राहीहरू बिहानै देखि नै लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ ।
सेवाग्राहीको अत्यधिक भिड व्यवस्थापन गर्न अप्ठ्यारो भएकाे इलाका प्रशासन कार्यालय काेहलपुरका कार्यालय प्रमुख अन्तिम सिंजालीले बताउनुभयाे । उहाँले दैनिक ६५/७० जनालाई सेवा दिने गरिएको बताउनुभयाे। कार्यालय प्रमुख सिंजालीका अनुसार हालसम्म एउटा मात्रै वटा स्टेसनबाट सेवा दिएकोमा सेवाग्राहीको भिड थेग्न नसकेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग समन्वय गरेर थप अर्काे स्टेसनबाट थप्ने पहल भइरहेको भनाई छ ।

प्राविधिक रूपमा एक जना व्यक्तिका लागि ५ देखि ७ मिनेटको समय लाग्ने भएकाले एउटा स्टेसन बाट दिनमा ६५/७० जना भन्दा बढीको परिचयपत्र बनाउनै नसक्ने ना सु निरुता शाहीको भनाई छ । प्रशासनले दैनिक ५० जनालाई टोकन र १५ देखि २० जना जेष्ठ नागरिक, अपाङ्गता भएका र बिरामीहरूलाई लाइनमा नबसी सेवा दिने गरेको छ । समय समयमा सर्भर डाउन हुदा काममा ढिलाई हुने गरेकाे छ।
आर्थिक वर्ष २०८१/८२ मा ६ हजार ६२८ जना पुरुष र ५ हजार ६९० महिला गरि जम्मा १२ हजार ३१८ जनाले इलाका प्रशासन कार्यालय काेहलपुरबाट राष्ट्रिय परिचयपत्र बनाएका छन् । आर्थिक वर्ष २०८०/८१ मा भने ३ हजार ९१४ जना पुरुष र ३ हजार ६२ महिला गरि जम्मा ६ हजार ९७६ जनाले मा भने जनाले जनाले राष्ट्रिय परिचय पत्र बनाएको तथ्याङ्क छ ।




