नगर स्तरीय तीज नृत्य प्रतियोगितामा गाेरखा युनाइटेड प्रथम

काेहलपुर,बाँके,कोहलपुर नगरपालिका शिक्षा तथा खेलकूद शाखाको आयोजनामा भएकाे काेहलपुर नगर स्तरिय  अरन्तरविद्यालय तीज नृत्य प्रतियोगिता -२०८२ गाेरखा युनाइटेड स्कुलले जितेको छ ।
काेहलपुर नगरपालिकाकाे सभाहलमा आयोजित २६ विद्यालयका छात्राहरुको सहभागी रहेको प्रतियोगितामा नमुना विद्या सधन स्कुल दोस्रो र दिपज्याति विद्याश्रम तेस्रो भएको छ भने ज्ञानज्योति मा वि चप्परगौढीले सान्त्वना पुरस्कार हात पारेकाे छ।

उप प्रमुख संगिता सुवेदी

काेहलपुर नगर उप प्रमुख संगिता सुवेदीकाे प्रमुख आतिथ्य र शिक्षा अधिकृत शिला गाैतमकाे अध्यक्षतामा सम्पन्न नृत्य प्रतियोगिता कार्यक्रममा करिब ३०० जना शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको शिक्षा शाखाले जनाएको छ।
विद्यालयमा अध्ययनरत छात्रालाई तीज संस्कृतिको जानकारी दिँदै नेपाली कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता आयोजना गरिएको शिक्षा अधिकृत बल बहादुर नेपालीले बताए ।


ताजा समाचार