गोरखा युनाइटेड स्कुल काेहलपुरकाे २५औँ अभिभावक दिवस भव्य रुपमा सम्पन्न
बिनाेद भट्टराई
काेहलपुर,बाँके जिल्लाको कोहलपुरमा अवस्थित गोरखा युनाइटेड स्कुलले आफ्नो २५औँ अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएकाे छ।
विद्यालका संस्थापक अध्यक्ष केशर बहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्राध्यापक डा. गोविन्द प्रसाद ढकाल रहनु भएको थियो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल साधना थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। सो अवसरमा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले नृत्य, गायन, लगायतका विविध प्रतिभा प्रस्तुत गरेका थिए। साथै विद्यार्थीहरूले आफैं निर्माण गरेका शैक्षिक सामग्रीहरू समेटिएको प्रदर्शनी समेत आयोजना गरिएको थियो।
अभिभावक दिवसकै अवसरमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएको विद्यालयले जनाएको छ।
अभिभावकहरूबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरी सहभागिता बढाइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष केशर बहादुर आलेले सबैको सहयोग, समर्पण र विश्वासकै कारण विद्यालय आजको स्थानमा आइपुगेको बताउनुभयो। उहाँले गोरखा युनाइटेड स्कुल गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर लागिपरेको उल्लेख गर्नुभयो।
२५ वर्षअघि पूर्व लाहुरेहरूको सक्रियतामा स्थापना भएको गोरखा युनाइटेड स्कुल पश्चिम नेपालकै उत्कृष्ट विद्यालयका रुपमा स्थापित भएकाे छ।




