बाँसगढी नगरपालिकामा ३० वर्ष माथिका नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सुरु

बाँसगढी,बाँसगढी नगरपालिका, बर्दियाले माघ १८ गते आइतबारदेखि नगरपालिका भरि ३० वर्षभन्दा माथिका नागरिकलाई लक्षित गर्दै घर–घरमै पुग्ने निःशुल्क स्वास्थ्य जाँच सेवा सुरु गरेको छ। नगर प्रमुख खडक बहादुर खड्काका अनुसार उक्त अभियान एक महिनासम्म निरन्तर सञ्चालन हुनेछ।
स्वास्थ्य शिविर अन्तर्गत घर–घरमा पुगेर तथा जमघट हुने स्थान र बस्तीहरूमा निःशुल्क रूपमा सुगर (रक्तचिनी) जाँच, पिसाब परीक्षण, रक्तचाप (प्रेसर) जाँच, ग्युँकोज जाँच तथा सामान्य रोगसम्बन्धी परामर्श र चेकजाँच सेवा प्रदान गरिने नगर प्रमुख खड्काले जानकारी दिनुभयो ।
नगर प्रमुख खड्काले स्थानीय सरकार सधैं जनताको नजिक रहेको र जनसेवामा प्रतिबद्ध रहेको बताउँदै अभियान सफल बनाउन स्वास्थ्यकर्मीलाई आवश्यक साथ र सहयोग गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ। 


ताजा समाचार