कक्षा १२ काे नतिजा सार्वजनिक,६१.१७ प्रतिशत विद्यार्थी उतिर्ण
१९ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बाेर्डले
कक्षा १२ काे नतिजा सार्वजनिक गरेकाे छ । सोमबार सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बाेर्डका अनुसार ३८.८३ प्रतिशत अर्थात् १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।
५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी परिक्षामा सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १३ हजार ५०२ जना,३.२१ देखि ३.६० जीपीए ल्याउने ५५ हजार ८९६ जना, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८ जना, २.४१ देखि २.८० जीपीए ल्याउने ६९ हजार ८१२ जना, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४ जना र १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी २३ जना छन् ।
गत वर्षभन्दा यो वर्ष नतिजा ९ प्रतिशतले वृद्धि भएको छ ।
बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा आगामी २८ र २९ भदौमा हुनेछ ।




