बाँकेमा एसइई पूरक (ग्रेडवृद्धि) परीक्षाका लागि १० वटा केन्द्र निर्धारण

बिनाेद भट्टराई
काेहलपुर,यही साउन २९ गतेदेखि संचालन हुन गहिरहेकाे माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक ग्रेडवृद्धिका लागि बाँके जिल्लामा परीक्षा केन्द्र निर्धारण गरिएको छ । ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न जिल्लाका विभिन्न दस वटा विद्यालयलाई परीक्षा केन्द्र तोकिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई बाँकेका अनुसार नेपालगन्जमा मंगल प्रसाद माध्यमिक विद्यालय ,धम्वाेजी माध्यमिक विद्यालयमा र महेन्द्र माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । यस्तै काेहलपुरमा त्रिभुवन माध्यमिक विद्यालय , लक्ष्मी माध्यमिक विद्यालय र ज्ञान ज्याेति माध्यमिक विद्यालय ,चप्परगाैडीमा परीक्षा केन्द्र तोकिएको छ ।
राप्तिसाेनारी गाउँपालिकाको सिद्देश्वर माध्यमिक विद्यालय र लक्ष्मी माध्यमिक विद्यालय मधुईमा परीक्षा केन्द्र तोकिएको छ ।
यसैगरी खजुरा गाँउपालिकाकाे ज्ञानाेदय माध्यमिक विद्यालय खजुरा र बैजनाथ गाँउपालिकाकाे प्रभात माध्यमिक विद्यालय जी गाँउमा पनि परीक्षा केन्द्र कायम गरिएको छ । बाँकेमा दस वटा परीक्षा केन्द्रमार्फत ग्रेडवृद्धि परीक्षामा तिन हजार १ सय १९ जना परीक्षार्थी सामेल हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धनसूदन चाैलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार साधारणतर्फ २ हजार ९ सय ८८ र प्राविधिक धारतर्फका १ सय ३१ जना परीक्षार्थीले ग्रेडवृद्धि परीक्षामा सामेल हुनेछन।

 


ताजा समाचार