युवा संघको महाधिवेशनमा खेमराज शर्माकाे उप-महासचिवमा उम्मेदवारी
बिनाेद भट्टराई
काेहलपुर– पोखरामा जारी राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशमा वर्तमान सचिव खेमराज शर्माले उप-महासचिवमा उमेदवारी दर्ता गराएका छन।
शर्माले सुमन पुरीकाे टिमबाट उपमहासचिवमा उमेदवारी दर्ता गराएका हुन।
२०६१ सालमा प्ररायु संघबाट राजनीति शुरु गरेका शर्मा युवा संघका विभिन्न पदमा रही काम गरिसकेका छन। राष्ट्रिय युवा संघकाे नेपालगन्जमा भएकाे नवाै महाधिवेशनमा शर्मा सचिवमा सर्वसम्मत निर्वाचित भएका थिए। उनी संगठन निर्माणमा अब्बल मानिन्छन् । युवा संघकाे निर्वाचनमा आफु लगाएत आफ्नाे टिमलाई मतदान गरी निर्वाचित गरिदिन सम्पूर्ण मतदातालाई शर्माले आग्रह गरेका छन।
तीनदिने महाधिवेशनको अन्तिम तथा तेस्रो दिन महाधिवेशनस्थल पोखरा सभागृहमा चुनावी प्रक्रियाको काम जारी छ। आगामी नेतृत्वका लागि क्षितिज थेवे र सुमन पुरीले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
युवा संघको आगामी नेतृत्व १५१ सदस्यीय हुनेछ। जसमा अध्यक्ष, उपाध्यक्ष (महिलासहित २), महासचिव, उपमहासचिव, सचिव ४, कोषाध्यक्ष पदाधिकारीसहित १५१ सदस्यीय नेतृत्व चयने युवा संघ नेपाल कास्की सचिव हिमाल गुरुङले जानकारी दिए। महाधिवेशनमा साढे १७ सय मतदाता छन्।
शुक्रबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पोखराको अमरसिंह चौरमा आयोजित समारोहमा महाधिवेशन उद्घाटन गरेका हुन्।




