रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश

 

काठमाडौ ,सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राखेर अनुसन्धान गर्ने आदेश दिएको छ ।

लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उच्च अदालत तुलसीपुरको आदेश सदर गर्दै यस्तो आदेश दिएको हो । सर्वोच्चको यो आदेशसँगै अब लामिछानेले सहकारी ठगी मुद्दा कारागार भित्रै बसेर लड्नु पर्ने भएको छ ।

सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन् । उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा तीन दिनको सुनुवाइपछि शुक्रबार आदेश आएको हो ।

उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।


ताजा समाचार