बाँकेमा एसइइ परीक्षा केन्द्र निर्धारणमा ढिलाई
बिनाेद भट्टराई
बाँके जिल्लामा एसइइ परीक्षा केन्द्र सार्वजनिक गर्नमा ढिलाई गरिएको छ।

जिल्ला परीक्षा समन्वय समितिको बैठकबाट जिल्लामा परीक्षा केन्द्र टुंगो लागिसकेकाे भए पनि काेहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्यले असन्तुष्टि व्यक्त गरेपछि अझैसम्म सार्वजनिक हुन सकेकाे छैन।
परिक्षा केन्द्रकाे विषयलाई लिएर काेहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्य र बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल विच आराेप पत्याराेप चलेपछि बाँकेकाे केन्द्र सार्वजनिककाे विषय थप पेचिलाे बनेकाे छ।
काेहलपुर नगरपालिका प्रमुख आचार्यले भने केन्द्र निर्धारण पुरनावलाेकन गर्नुपर्नेमा जाेड दिएकाे बुझिएको छ।
जिल्ला शिक्षा समन्वय इकाई प्रमुख धनसुधन चाैलागाईले आफु भर्खर शाखामा हाजिर भएको हुनाले यसबारेमा धेरै नबुझेको प्रतिक्रिया दिए। उनले भने,” सुगम जिल्ला भएकाले केन्द्र ताेक्न ढिलाई भैसकेकाे छैन।”
यता बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जाेशीले भने केन्द्र निर्धारणकाे विषयमा आफु छलफलमा रहेकाे बताए। उनले केद्र हेरफेर हुने नहुने विषयमा छलफल रहेकाे जानकारी दिए। उनले भने, ” केन्द्र हेरफेर हुने नहुने विषयमा म छलफलमा छु,छिटै निर्णयमा पुग्दछाै।” प्र. जि. अ . जाेशीले आफु हिजाे मात्रै बाँके जिल्लामा हाजिर भएकाले धेरै कुरा बुझ्न नपाएको बताए ।
स्राेतका अनुसार बाँकेमा भाेलि सम्ममा परिक्षा केन्द्र सार्वजनिक गर्ने तयारी रहेकाे छ।
जिल्ला शिक्षा समन्वय एकाइ प्रमुख चौलागाईँका अनुसार बाँकेमा याे वर्ष दुई मदरसासहित १०४ सामुदायिक विद्यालय र १०२ संस्थागत गरी २०६ विद्यालयका पाँच हजार १ सय ७९ छात्रा र पाँच हजार २ सय ३७ छात्र गरी १० हजार ४ सय १६ जना विद्यार्थीले एसइई दिने छन।




