काेहलपुरमा शिक्षकहरुका लागि जीवन उपयोगी सीप सम्बन्धि तालिम
काेहलपुर, बागेश्वरी असल शासन क्लव ( बास) ले शिक्षकहरुका लागि जीवन उपयाेगी शिक्षा सम्वन्धि तालिम संचालन गरेकाे छ।
काेहलपुर नगरपालिका वडा न १० काे आर्थिक सहयोगमा वडा न १० भित्रका सामुदायिक र निजि विद्यालयका २० जना शिक्षकलाई दुई दिने तालिम संचालन गरेकाे हाे ।
तालिम उद्घाटन कार्यक्रममा बाेल्दै काेहलपुर नगरपालिका वडा न १० का वडाध्यक्ष गाैरा भट्टराईले शिक्षकले सिकेका कुराहरुमा थप निखार ल्याउन तालिम संचालन गरेकाे बताउनुभयाे । वडाले शिक्षामा विशेष ध्यान दिएको बताउदै शिक्षकले सिकेका कुरा सिधै विद्यार्थीसम्म पुग्ने हुदा तालिम उपयोगी हुने धारणा ब्यक्त गर्नुभयो । बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा काेषाध्यक्ष कल्पना अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियाे।
तालिमा सुस्मिता लामा र सविता सुनारले सहजिकरण गर्नुहुने छ। तालिम २ दिनसम्म चल्नेछ।




