खेल पर्यटन प्रवर्द्धन गर्दै मुख्यमन्त्री काेहलपुर गाेल्डकप

बिनाेद भट्टराई
काेहलपुर,काेहलपुरमा संचालन भइरहेको मुख्यमन्त्री काेहलपुर गाेल्डकपल फाइनल अघि खेलाडीलाई बाँके राष्ट्रिय निकुञ्ज सफारी गराइएको छ।
खेलाडीहरूलाई काेहलपुर क्षेत्रमा भएका प्रर्यटकिय स्थलकाे भ्रमण गराउनुका साथै बाँके राष्ट्रिय निकुञ्जको प्रचार गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो आयाेजकले जनाएका छन।


फाइनलमा प्रवेश गरेका राइजिङ स्टार फुटबल क्लब, नवलपरासी र आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब, बाँके का खेलाडीलाई बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गराइएको हाे।
कोहलपुर रेसिङ साहारा फुटबल क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्री का अनुसार, एकजना विदेशी खेलाडीसहित १८ जनाले सफारी गरेका थिए। उनले खेलाडीहरूलाई स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निकुञ्ज भ्रमण गराइएको जानकारी दिए।

खड्गवार हातिसारबाट सफारीकाे क्रममा खेलाडीहरुले चितल, निलगाइ, बदेल र चौका लगाएका जनावरहरुकाे अवलोकन गरेका थिए। राइजिङ स्टार फुटबल क्लब, नवलपरासीका खेलाडीहरू का अनुसार, प्राकृतिक वातावरणमा समय बिताउँदा नयाँ ऊर्जा प्राप्त भएको जानकारी दिए ।
कोहलपुर रेसिङ साहारा फुटबल क्लबका संयोजक कर्ण थापा ले निकुञ्ज प्रवर्द्धन गर्ने लक्ष्यसहित यो सफारी आयोजना गरिएको बताए। “खेलाडीहरूलाई प्राकृतिक सौन्दर्यको अनुभव गराउनुका साथै बाँके राष्ट्रिय निकुञ्जको प्रचार गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो,” उनले भने।

मुख्यमन्त्री कोहलपुर गोल्डकपको फाइनल खेल आज फागुन २४ गते हुने छ।
फुटलव प्रतियोगितामा सहभागी खेलाडीलाई विभिन्न पर्यटकीय स्थलकाे भ्रमणले यहाकाे पर्यटन प्रवन्धनमा टेवा पुग्ने प्रचार संयाेजक विष्णु बेल्वासेले बताउनु भयाे।
खेल संयाेजक वेल्वासेले भने “यस क्षेत्रमन पर्यटनको प्रशस्त सम्भावना छ । त्यसलाई खेलसँग मिसाउने हामीले प्रयास गरृका छाै।”


ताजा समाचार