सिन्धुपाल्चोक केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प

काेहलपुर ,सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।
शुक्रबार बिहान २ः५१ बजे भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए।

भूकम्पको काठमाडौं उपत्यकामा कडा कम्पन महसुस गरिएको थियो भने कोशी, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा पनि धक्का महसुस गरिएको थियो।

भूकम्पको क्षतिबारे विवरण प्राप्त भइसकेको छैन।


ताजा समाचार