संस्थापक सिग्देलकाे जन्मदिनको अवसरमा सामुदायिक विद्यालयलाई सहयोग

कोहलपुर स्थित राम जानकी स्कुलका निर्देशक दिनेश सिग्देलले सार्वजनिक उत्तरदायित्व अन्तर्गत काेहलपुरका सामुदायिक विद्यालयलाई डेक्स/ बेन्च सहयोग गरेका छन् ।
निर्देशक सिग्देलले उक्त विद्यालयका संस्थापक एवम् आफ्ना पिता नारायण प्रसाद सिग्देलको ७५ औं जन्मोत्सवको अवसरमा काेहलपुर नगरपालिका भित्रका दुईवटा सामुदायिक विद्यालयलाई डेस्क-बेन्च सहयोग गरेका हुन् ।
बिहिवार विद्यालयमा एक कार्यक्रमका बीच विद्यालयका निर्देशक सिग्देलले प्याब्सन कोहलपुर नगर अध्यक्ष रमेश के.सी. र जनप्रतिनिधी वडा नं. १० का वडा सदस्य भीम प्रसाद पौडेलले उपस्थितीमा नेपाल राष्ट्रिय आधारमूत विद्यालय चटारलाई १० सेट र ज्ञान ज्योती मा.वि. कोहलपुरलाई ५ सेट गरी
डेस्क-बेन्च हस्तान्तरण गरेका हुन् । रामजानकी स्कुल काेहलपुर क्षेत्रकै सबैभन्दा पुरानाे निजि विद्यालय हाे ।





