नगर प्रमुख आचार्यलाई शिक्षक महासंघ काेहलपुरकाे ध्यानाकर्षण
बिनाेद भट्टराई
काेहलपुर- नेपाल शिक्षक महासंघ काेहलपुरले काेहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

शिक्षक महासंघकाे आव्हानमा आन्दोलनका कार्यक्रमअन्तर्गत आज ७५३ वटै पालिकामा महासंघको नगर कार्यसमितिले कालोपट्टि बाँधी खबरदारी जुलुससहित ध्यानाकर्षण पत्र बुझाएको हाे।
महासंघ काेहलपुरका नगर अध्यक्ष निम प्रकाश थापाले नगर प्रमुख आचार्यलाई ध्यानाकर्षण पत्र बुझायका हुन ।
शिक्षक कर्मचारीसँग सरकारले पटकपटक गरेका सहमति समेटेर तत्काल नयाँ शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले महासंघले आन्दोलन सुरु गरेको हो। ↑




