ज्ञान ज्याेति मा वि बगियाकाे ३१ ओै बार्षिकउत्सव भब्य रुपमा सम्पन

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेकाे ज्ञान ज्याेति माध्यमिक विद्यालय बगियाकाे ३१ ओै बार्षिकउत्सव आइतवार भब्य रुपमा सम्पन्न गरेको छ ।
कार्यक्रममा अभिभावकको उपस्थितिमाझ विद्यार्थीले रचनात्मक नृत्य, म्युजिकल पिटी,प्रतियोगितात्मक नृत्य,साथै नाटक मार्फत आ–आफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए ।


कार्यक्रममा काेहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले सामुदायिक विद्यालयका अभिभावकहरुले आफ्ना बालबालिकाकाे पढाईलेखाईमा विशेष ध्यान दिन आग्रह गरे। नगर प्रमुख आचार्यले काेहलपुरका सामुदायिक विद्यालयहरु टिनका छानामुक्त बनाउने अभियानमा आफु लागि परेकाे बताउनु भयाे ।


काेहलपुर नगरपालिका वडा न ११ का वडाअध्यक्ष कल्पना शर्मा अधिकारीले काेहलपुरकाे केन्द्रमा रहेकाे यस विद्यालयमा भाैतिक अवस्था सुधारका लागि विशेष ध्यान दिन नगर प्रमुख आचार्यलाई आग्रह गरिन।


कार्यक्रममा नेकपा एमाले काेहलपुर नगर अध्यक्ष कुल बहादुर भट्टराई , नेकपा ए माओबादी नगर अध्यक्ष बल बहादुर खड्का अविरल,काेहलपुर नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमाल ,सामाजिक विकास समितिका संयाेजक इश्वरी विक लगाएतले मन्तब्य राखेका थिए।
कार्यक्रममा विद्यालयका पुर्व अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्ना स्वर्गीय दाजुकाे नाममा रु ५० हजारकाे र र विद्यालयका संस्थापक अध्यक्ष कर्ण वहादुर थापाले आफ्नि स्वर्गीय श्रीमतीको नाममा रु १ लाखकाे अक्षय काेष स्थापना गर्ने घाेषणा गरे।
कार्यक्रम प्र अ गाेविन्द प्रसाद ढकालले शै स २०८० काे आय व्यय प्रतिवेदन तथा आगामी याेजना प्रस्तुत गरेका थिय।
शिक्षक अभिभावक संघका अध्यक्ष मञ्जन बुढाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उत्कृष्ट अभिभावक ,शिक्षक-कर्मचारी ,विभिन्न क्लवका विद्यार्थी लगाएतलाई सम्मान गरिएको थियाे।
स्वर्गीय श्रीमतीको नाममा रु १ लाखकाे अक्षय काेष स्थापना गर्ने घाेषणा गरे।


कार्यक्रम प्र अ गाेविन्द प्रसाद ढकालले शै स २०८० काे आय व्यय प्रतिवेदन तथा आगामी याेजना प्रस्तुत गरेका थिय।
शिक्षक अभिभावक संघका अध्यक्ष मञ्जन बुढाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उत्कृष्ट अभिभावक ,शिक्षक-कर्मचारी ,विभिन्न क्लवका विद्यार्थी लगाएतलाई सम्मान गरिएको थियाे।


ताजा समाचार