कोहपुरको अतिक्रमित जग्गा फिर्ता ल्याउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको अरिब २८ विगाह क्षेत्र लामो समयदेखि अतिक्रमित भएको विषयमा आज ध्यानाकर्षण गराइएको छ ।
सङ्घीय सांसद् सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्य, एमाले बाँके अध्यक्ष निरक गुरुङ ,काग्रेस बाँके अध्यक्ष नारायण प्रसाद गाैडेल लगाएका बाँकेका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले आज प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेर जग्गा फिर्ता गराइदिन आग्रह गर्नुभएको हो ।
जिल्लास्थित सर्वदलीय बैठक बसी अतिक्रमित जग्गामा बनेका घर टहरा हटाउन गरिएको आग्रहका आधारमा गृह मन्त्रालयबाट सूचना प्रकाशन भइसक्दा पनि अतिक्रमण गर्ने पक्षले घर टहरा नहटाएकाले उच्चस्तरीय पहल लिइदिन प्रधानमन्त्री ओलीलाई प्रतिनिधिमण्डलले आग्रह गरेको थियाे ।
सो अवसरमा प्रधानमन्त्री ओलीले कसैले पनि अवैधरुपमा राज्यको सम्पति अतिक्रमण र कुनै पनि अनियमता गर्न नपाउने स्पष्ट गर्दै सरकारले अतिक्रमित जग्गा फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गर्नुभएकाे सांसद सूर्य ढकालले जानकारी दिनुभयो ।


ताजा समाचार