गाेरखा युनाइटेड स्कुलमा स्वामी डा. विकासानन्दकाे याेग शिविर

काेहलपुर,गाेरखा युनाइटेड पब्लिक स्कुल,काेहलपुरकाे आयाेजनामा २ दिने ध्यान, योग शिविर सुरु भएकाे छ।


विद्यार्थी ,अभिभावक ,शिक्षक लगायत सबैमा सकारात्मक सोचको विकासका गर्नका निम्ति गाेरखा युनाइटेड पब्लिक स्कुलकाे प्राङ्गणमा शिविरकाे आयाेजना गरिएको संस्थापक सञ्चालक केशर वहादुर आले मगरले बताए।


संस्थापक आलेले विश्वमा भईरहेको हत्या हिंसा, काटमार र विकृति विसंगतिले समाजमा नकारात्मक असर परिरहेको औंल्याउदै सांस्कृतिक विचलनवाट समाजलाई वचाउन यस्ता मनोक्रान्तिका शिविरहरु आम नेपालीहरुलाई अनिवार्य भईसकेको वताए ।
उद्घाटन कार्यक्रममा बाेल्दै डा. योगी विकासानन्दले शरीर र मनलाई स्वस्थ्य बनाउन आत्मबल दरिलो बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि ज्ञान योग धयन र साधना नै महत्वपूर्ण औषधी हुने विचार राखे ।
उदघाटन शत्रमा लुम्विनी प्रदेशका सांसद कृष्ण केसि नमुना, कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्य, उप प्रमुख संगिता सुवेदी, वडा नं. २ का वडा अध्यक्ष हरसिंह कठायत, शशत्र प्रहरी वरिष्ठ उपरिक्षक गंगाराम श्रेष्ठ, नेपाली सेनाका प्रमुख सेनानी बाल कृष्ण कार्कि, विद्यालयका सञ्चालक, अभिभावक शिक्षक कर्मचारी, विद्यार्थी लगाएतकाे सहभागिता रहेको थियो ।
साधकहरुलाई विहानको भोजन र दिवा खाजाको समेत ब्यबस्था गरेको गोरखा युनाईटेड पब्लिक स्कुलले आयोजना गरेको योग तथा ध्यान शिविर बुधवारसम्म चल्ने छ ।

पहिलो दिनको योग तथा ध्यान शिविरमा करिव १ हजार ५ सय बढि साधकहरुको सहभागिता रहेकाे छ ।


ताजा समाचार