सामाजिक कार्यमा जीवन ज्याेतिका विद्यार्थी – खाजा खर्च कटाएर शैक्षिक सामाग्री सहयोग

 

बाँके । काेहलपुरमा रहेकाे जीवन ज्याेति स्कुलका विद्यार्थीहरुले सामुदायिक विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन।


सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूले कोहलपुर-१मा रहेको जन ज्ञान ज्योति मा.वि. मा अध्ययनरत ५० जना गरिब तथा जेहेन्दार ५० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन।
विद्यार्थीहरूले पढाइमा सहजता ल्याउने उद्देश्यले उनीहरूलाई कापी, कलम, झोला, पेन्सिल, विद्यालयको लागि नेपाली बृहत शब्दकोष, पठन पाठनमा चाहिने चार्ट पेपर लगायतका सामग्री प्रदान गरेका जीवन ज्याेति स्कुलका शिक्षक चेत चापागाईंले जानकारी दिए। शिक्षक चापागाईंका अनुसार समाजमा सकारात्मक परिवर्तन लयाउन तथा सहयोगी भावनाको विकास गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेका हुन।
कार्यक्रमको संयोजन जीवन ज्योती स्कुलको सामाजिक इको क्लब (Socio-Eco Club )ले गरेको थियो।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा जन ज्ञान ज्योती मा.वि. का प्रधानाध्यापक बिनोद शर्माले यस्ता समाजिक कार्यले नयाँ पिडिमा सामाजिककरणमा थप टेवा पुग्ने र उनीहरूको आत्मविश्वास वृद्धि गर्न मद्दत गर्ने बताए।

 


ताजा समाचार