शाहीकाे अध्यक्षतामा स्वास्थ्य शिक्षा संघ बाँकेकाे तदर्थ समिति गठन

काेहलपुर,बागेश्वरी बहुमुखी क्याम्पसका उप प्रध्यापक ज्ञानेन्द्र शाहीकाे अध्यक्षतामा नेपाल स्वास्थ्य शिक्षा संघको बाँके जिल्ला शाखा तदर्थ समिति गठन भएकाे छ।


त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन एवम् नेपाल स्वास्थ्य शिक्षा संघ (HEAN) का पूर्व महासचिव, प्रा.डा. चित्र बहादुर बुढाथोकीकाे प्रमुख आतिथ्यतामा काेहलपुरमा भएकाे भेलाले शाहीकाे अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेकाे हाे।
समितकाे सचिवमा बिनाेद भट्टराई र काेषाध्यक्षमा अन्जु खनाल रहनुभएकाे छ ।समितिका सदस्यहरुमा पारसमणी आचार्य, राजेश थापा, दुर्गा सुवेदी र देवी शाही रहनुभएकाे सचिव भट्टराईले जानकारी दिनुभयाे।
भेलामा संघका केन्द्रीय समितिका सचिव डा. यदुराम उप्रेति, संघका केन्द्रीय सदस्य ताेयानाथ पहाडी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित समाचार