काेहलपुरका धेरै व्यवसायीकाे साथ छ – अन्जना धिताल

काेहलपुर उद्योग वाणिज्य संघको यही कार्तिक ३ गते हुने निर्वाचनमा प्रगतिशील व्यवसायिक समूहका अध्यक्ष पदका उमेदवार अन्जना धितालले आफुलाई काेहलपुरका धेरै व्यवसायीकाे साथ रहेकाे बताउनुभएकाे छ।


आज भएकाे पत्रकार भेटघाटमा बाेल्दै धितालले भन्नुभयो – “धेरै व्यापारी साथिहरुले परिवर्तन चाहनुभएकाे छ।” आफु लामाे समयदेखि व्यवसायमा रहेकाले यहाका समस्या राम्रोसँग बुझेकाे उल्लेख गर्नुभयाे। उहाँले अधिलणलाे नेतृत्वले व्यवसायीकाे पक्षमा काम नगरेकाले व्यवसायीले आफुलाई गुनासाे गरेकाे धिताललकाे भनाई छ ।


पत्रकार भेटघाट कार्यक्रममा संघका संस्थापक अध्यक्ष कर्णबहादुर थापाले महिलाको नेतृत्व आवश्यक रहेको बताउनुभएयाे।
संस्थापक अध्यक्ष थापाले भन्नुभयाे , “हामीले पटक-पटक पुरुषलाई नेतृत्वमा चुनेका छौं, अब भने कोहलपुर उद्योग वाणिज्य संघलाई महिला नेतृत्वको हातमा दिनुपर्छ।” उनले अन्जना धितालको समर्थन गर्दै भने कि, “महिलाले देश हाँक्न सक्छन् भने, उद्योग वाणिज्य संघ पनि किन नहाक्न सक्लान्?” थापाले महिलाहरूको क्षमतालाई उजागर गर्दै कोहलपुरका व्यापारीहरूलाई धिताललाई मतदान गर्न आग्रह गरे।

उनले कोहलपुरको व्यवसायिक क्षेत्रको विकासमा महिलाले नयाँ र फरक दृष्टिकोण ल्याउन सक्ने विश्वास व्यक्त गरे। थापाले व्यवसायिक समुदायले अब महिलाको नेतृत्वको अनुभव गर्न चाहेको बताए। उनले पुरूषहरूले गरेको कामको प्रशंसा गर्दै महिलाले पनि त्यस्तै प्रभावकारी कार्यक्षमता प्रदर्शन गर्ने अवसर दिनुपर्नेमा जोड दिए।

संघका पूर्व अध्यक्ष नरेन्द्र प्रसाद शर्माले पनि यस पटक व्यवसायिक संघमा महिलाको नेतृत्व हेर्न आफू र कोहलपुरबासीहरू आतुर रहेको बताएका छन्। उनले विगतमा पुरुषहरूले मात्रै संघको नेतृत्व सम्हालेको भन्दै अब महिला नेतृत्वलाई अघि बढाउनुपर्ने धारणा राखे। शर्माका अनुसार, कोहलपुरको व्यवसायिक समुदाय महिलाको नेतृत्वमार्फत् नयाँ दिशामा अघि बढ्ने छ।

त्यस्तै, संघका पूर्व महासचिव विष्णु खनालले पनि अन्जना धिताललाई अध्यक्षमा देख्न चाहेको बताएका छन्। उनले धितालको नेतृत्वको प्रभावकारीता र प्रगतिशील व्यवसायिक प्यानलका उम्मेदवारहरूको समर्थनमा रहेको जानकारी गराए। खनालले प्यानलका उम्मेदवारहरूलाई व्यवसायिक समुदायका हक र हितको लागि निष्पक्ष रूपमा क्रियाशील रहन आग्रह गर्नुभयाे।
कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको चुनावमा महिला नेतृत्वको चर्चा व्यापक भइरहेको छ। अन्जना धितालको नेतृत्वमा संघको भविष्य कस्तो हुनेछ भन्ने विषयमा व्यवसायिक समुदायले चासोका साथ हेरिरहेको छ। थापा, शर्मा, र खनालजस्ता प्रमुख व्यक्तित्वहरूको समर्थनले धितालको उम्मेदवारीलाई थप बलियो बनाएको छ।


ताजा समाचार