सधै व्यवसयीकाे साथमा हुनेछु : दिपक अर्याल
दिपक अर्याल आसन्न काेहलपुर उद्योग वाणिज्य संघका प्रगतिशिल व्यवसायी समूहबाट महासचिव पदमा उमेदवार हुनुहुन्छ । काेहलपुर उद्योग वाणिज्य संघकाे निर्वाचनमा पहिलेपटक महासचिवमा पदमा उमेदवार हुनुभएका अर्याल व्यवसायीका विभिन्न संघ संस्थामा बसेर काम गरिरहनु भएकाेले व्यवसायीका समस्या नजिकबाट निहालेकाे बताउनुहुन्छ । महासचिव पदका उमेदवार अर्याल २०६४ सालदेखि बाँकेमा व्यवसाय शुरु गर्नुभएकाे हाे। उहाँले वि स २०७४ सालदेखि बाँकेकाे काेहलपुरमा हार्डवेयरमा समानहरुकाे हाेलसेल व्यवसाय शुरु गर्नुभएकाे हाे।
अर्याल नेपाल राष्ट्रिय बाणिज्य संघ नगर कमिटी सदस्य हुदै जिल्ला सचिवालय सदस्य निर्माण सामाग्री समन्वय व्यवसायी संघकाे जिल्ला सचिव,केन्द्रीय सदस्य ,हाल दाेस्राे कार्यकाल केन्द्रीय काेषाध्यक्ष हुनुहुन्छ । वि स २०७६ देखि२०८० सम्म उद्योग व्यवसायी महासंघकाे केन्द्रीय सदस्य रहिसक्नुभएका अर्याल काेहलपुर हार्डवेयर व्यवसायी संघकाे वर्तमान उपाध्यक्ष समेत हुनुहुन्छ ।अर्याल लाइन्स क्लव अफ नेपालगन्ज बजारकाे नि वर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।हाल काेहलपुर १० मा हार्डवेयर व्यवसाय संचालन गरिरहनु भएकाे छ।
१.तपाईंको यो उम्मेदवारी किन ?
कोहलपुर उद्योग बाणिज्य संघ काेहलपुरका व्यसायिक हितका लागी स्थपना भएको संस्था हो । पछिल्लाे समय । संघले व्यवसायीकाे हितमा काम गर्छ भन्ने विस्वास व्यवसायीमा हराउदै गएको छ । संघ कोहलपुर क्षेत्रको उद्योग तथा व्यसयाको हित,संरक्षण र प्रर्बदनका गर्ने एक मात्र संस्था हो भन्ने भावना बिकास गराउन मैले उम्मेदवारी दिएकी हु ।

२. तपाईंले चुनाव जित्ने आधारहरू के हुन ? मेराे लामो समयको व्यवसायीक अनुभाव भएका कारण यस क्षेत्रका व्यवसायीकाे समस्याहरु राम्रोसँग बुझेकाे छु। बिभिन्न क्षेत्रमा मैले गरेकोकाे कामकाे अनुभवले पनि म व्यवसायीकाे पक्षमा काम गर्न सक्छु भन्नेमा विस्वस्त छु ।सबैभन्दा ठुलाे कुरा काम प्रतिकाे इमानदारीता हाे । पहिलेका साथिहरु विभिन्न पदमा जितेर लगातार संघकाे नेतृत्व गरेपनि व्यवसायीकाे पक्षमा खासै काम नगरेकाे भन्ने व्यापक गुनासो छ। त्यसकारण व्यवसायीले नयाँ अनुहार खाेजेकाे पनि महसुस गरेकाे छु। अनि धेरै साथिहरुले मेराे इमानदारीतालाई पनि बुझ्नुभएकाे छ।
३. व्यवसायीक हितका लागी तपाईंका योजना के छन् ?
मुलुक नै यतिबेला आर्थिक मन्दीको चपेटामा छ । अब योभन्दा तल जाने ठाउँ नै छैन । म व्यापारीको नेता भएका कारण मलाई यसको राम्रो अनुभव छ ।
विगत दुई वर्षयता व्यापार निकै खस्केको छ । तर स्थानीय स्तरमा हामीले पहल गरेर हुनेखालका सुधार गर्न म सधैँ तत्पर रहनेछु । खासगरी साना व्यवसायीहरु धेरै मर्कामा हुनुहुन्छ ,उहाँहरुका समस्या समाधान गर्न म लगातार लागिरहने छु । स्थानीय बजारबाटै खरिद र बिक्री गर्ने वातावरण बनाउन मेराे पहल रहने छ।
४.तपाईंको नजरमा अहिले यस क्षेत्रका व्यापारीले भोग्नुपरेका प्रमुख समस्याहरू के हुन् ?
खुला सिमाना यहाँको प्रमुख चुनौतीको रूपमा देखिएको छ । खुला सीमा नाकाले यहाँको बजारलाई प्रत्यक्ष प्रभाव पारिरहेको छ । यी कुरा नियन्त्रण गर्न हामी एक्लैले सम्भव छैन ।त्यसैले राज्य तहबाटै यो समस्याको पहलकदमी लिइनुपर्छ । स्थानीय छिमेकी बाणिज्य संघहरू र स्थानीय सरकारहरूसँग समन्वय गरेर नाकालाई कसरी व्यवस्थित गर्न सकिन्छ त्यसमा गम्भीर छलफल चलाउन सकिन्छ । अर्कोतिर सीमापारिबाट ल्याइने खाद्यलगायतका सामग्रीहरू कति स्वस्थकर र गुणस्तरीय छन् भनेर हामीले उपभोक्तालाई पनि बुझाउन जरुरी छ । भारतले नेपालका लागि भनेर छुट्टै विषादीयुक्त खाद्य सामग्री र गुणस्तरहीन सामान पठाउने गरेका कैयौँ उदाहरण छन् । यसबारे हामी सबै सचेत हुनु जरुरी छ।
कतिपए साना व्यवसायी पलायन हुने अवस्थामा हुनुहुन्छ ,उहाँका समस्या कसरी हल गर्न सकिन्छ भनेर पनि गम्भीर हुन जरुरी छ।
साथै व्यापार मेलाकाे नाममा स्थानीय व्यवसयी मर्कामा पार्ने काम भऐकाे छ।संघका १/२ जना पदाधिकारीलाई लाभ गराउनैका लागि यस्ता व्यापार मेला आवश्यक छ छैन,यसमा पनि गम्भीर हुन आवश्यक छ।
साथै बैकाे चर्काे ब्याजदरले पनि व्यवसायीहरु मर्कामा छन । यी सबै समस्या समाधान गर्न हाम्राे पहल रहनेछ।




