इलाका प्रहरी कार्यालय कोहलपुर देशभरमा उत्कृष्ट , प्र.ना.उ. घर्मराज भण्डारी सर्वोत्कृष्ट कार्यालय प्रमुख

काेहलपुर। इलाका प्रहरी कार्यालय कोहलपुर देशभरका इलाका प्रहरी कार्यालय मध्ये उत्कृष्ट भएकाे छ भने कार्यालय प्रमुख डीएसपी धर्मराज भण्डारी देशभरका इलाका प्रहरी कार्यालयमध्ये सर्वोत्कृष्ट कार्यालय प्रमुख घोषित भएका छन् ।


प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेलाई सर्वोत्कृष्ट प्रहरी कार्यालय र कार्यालय प्रमुख धर्मराज भण्डारीलाई यस वर्षको सर्वोत्कृष्ट इलाका प्रहरी कार्यालयमध्ये बाट उत्कृष्ट कार्यालय प्रमुख घोषित गरेको हाे।
मंगलबार प्रहरी प्रधान कार्यालयमा भएको एक विशेष कार्यक्रममा भण्डारीलाई पुरस्कृत गरिएकाे छ । भण्डारीलाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँबरले सम्मान गरेका हुन् ।


मूल्यांकनमा कार्यालयको साजसज्जादेखि सरसफाइ, अपराध अनुसन्धान, मुद्दा फर्स्योटलगायत कार्य विवरणको रेकर्ड राख्ने सिस्टमसहित सबै पक्षको व्यवस्थापनको अवस्था हेरिन्छ’, यी सबै विषयमा डीएसपी भण्डारी सर्वोकृष्ट घोषित भएका इलाका प्रहरी कार्यालय काेहलपुरका प्रहरी निरिक्षक राज कुमार भट्टले जानकारी दिए।

प्रहरी प्रधान कार्यालयले प्रत्येक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन गरी सर्वोत्कृष्ट हुने प्रहरी कार्यालयलाई पुरस्कृत गर्दै आएको छ । यस वर्ष पनि सोही प्रयोजनका लागि अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन गरिएको थियो ।
विभागीय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तबरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको कारणले सर्वोत्कृष्ट प्रहरी घोषित गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार