कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन लक्षित प्रगतिशिल समुहले मतदाता शिक्षालाई जाेड दिएकाे छ।
समुहले मतदाता शिक्षा प्रदान गर्ने उद्धेश्यले पाँच समुहमा आफनो टास्क फोर्स परिचालन गरेको छ । सचिवालयमा आउने गुनासाहरुलाई सम्वोधन गर्न सचिवालयलाई समेत थप एक्टिभ गराएको प्रगतिशिल समुहले क्यिुक रेस्पोन्स गर्न टास्क फोर्स परिचालन गरेको निर्वाचन प्रचार प्रसार समितीका संयोजक कुस्माखर वस्यालले वताएका छन ।
कुनै पनि निर्वाचनका लागि मतदान प्रक्रियाको विशिष्टता र मतदान गर्ने विधि र प्रक्रियाबारे मतदातालाई जानकारी प्रवाह गर्ने कार्यलाई मतदाता शिक्षा भन्ने गरिन्छ । यसलाई निर्वाचनसम्बन्धी मतदाता सचेतना कार्य पनि भनिन्छ । यसमा मतदातालाई निर्वाचन प्रक्रिया, मतदान गर्ने तरिका, उम्मेदवार लगायतका विषयमा जानकारी दिने उद्देश्य हुन्छ ।
उनले पदाधिकारीहरुका उम्मेदवारहरुको नेतृत्वमा टास्क फोर्स परिचालन गरिएको बताए। जति सक्दो चाँडो स्थानिय व्यापारी वा कुनै पनि माध्यमबाट आएकाे सुचनालाई आधारमानि पैदल, गाडि वा वाईकमा जुन आवश्यक हुन्छ उक्त साधनको प्रयोग गर्दै मतदाताहरुको मतदान प्रक्रियाकावारे शिक्षा प्रदान गर्ने रणनिती लिएको हो ।
हरेक पटक पुरुषहरुको नेतृत्व हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा आफुले पुरुषहरुको विरासत महिलाहरुको काँधमा ल्याउन लागिपरेको वताईन ।
निर्वाचनको मिति नजिकिदै गर्दा चुनाव प्रचार प्रसार भन्दा पनि अव मतदाताहरुले खसालेको मत वदर हुन नदिने रणनिती आफुहरुको रहेको भन्दै प्रचार प्रसार समितीका सह संयोजक एम डि कंडेलले स्वतन्त्र, न्याय चहाने व्यवसायीहरुसंगको भेटले उत्साह थपेको मात्र नभई जीतको नजिक पुगेको वताएका छन ।