नारायण बहुमुखी क्याम्पसमा अनेरास्ववियुकाे प्यानल विजयी

दैलेखकाे नारायण बहुमुखी क्याम्पसमा
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु प्यानल सहित विजयी भएकाे छ। अध्यक्षमा अनेरास्ववियुका हिम बहादुर बस्नेत विजयी भएका छन ।

उनले १ सय ६६ मत प्राप्त गरेका थिए भने गठबन्धनका विष्णु प्रसाद कोइरालाले १५७ मत प्राप्त गरेका थिए ।
यसैगरी सचिवमा सचिव अनेरास्ववियुका
फिलिप सिंह १९२ मत पाएका थिए भने गठबन्धनका टेकराज बुढाले १२७ पाएका थिए। कोषाध्यक्षमा अनेरास्ववियुकै
शुष्मा शाहीले १ सय ७२ मत प्राप्त गर्दा गठबन्धनका भुवन प्रसाद पाण्डेले १ सय ४१ मत प्राप्त गरेकी थिइन।

सम्बन्धित समाचार